काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा तिव्र उतारचढाव देखिएको छ । मंगलबारको तुलनामा बुधकार ह्वात्तै घटेको सुनको मूल्य बिहीबार फेरि बढ्यो । तर, शुक्रबार भने सुनको मूल्यमा फेरि गिरावट आएको छ ।
महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामै ११ सय रुपैयाँले घटेको छ । शुक्रबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ७५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
सुनको मूल्यमा तिव्र उतारचढाव भइरहँदा चाँदीको मूल्य भने शुक्रबार स्थिर छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको उतारचढावको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । तिव्र उतारचढाव चल्दा खरिद–बिक्री भने निकै न्यून भएको महासंघले जनाएको छ ।