काठमाडौं । नायक प्रदीप खड्काका गत बर्ष कुनै फिल्म प्रदर्शन नभए पनि यस वर्ष एकपछि अर्को फिल्म साइन गरे । फिल्म ‘प्रेम गीत ३’पछि उनले ‘पुजा सार्की’ फिल्मको छायांकन गराउन सफल भए भने, अर्को नयाँ ‘पुजार सार्की’को प्रदर्शन कुरेर बस्नुबाहेक अर्को विकल्प हुन सकेन ।
गत वर्ष फिल्मी बजारमा ‘कामिनो’लाई लिएर पयार्य बनिरहेका प्रदीपको त्यस यता फिल्मको लाइनअप लामो बनेको छ । कुनै समय फिल्म साइन गर्न नै नमान्ने उनले यो बर्ष भने धमाधम फिल्म साइन गरिरहेका छन् । प्रदीपको हातमा ‘पिताम्बर, एक्टर, ऐरी, एक्लो १’ सुदर्शन थापाको निर्देशनमा बन्ने अनटाइटल लभ स्टोरी फिल्म लगायतका फिल्म साइन गरेर राखेका छन् । जस मध्य केही फिल्मको सुटिङ कहिलेबाट हुन्छ ? अझै पुष्टि हुन सकेको छैन । तर, प्रदीपले यी फिल्मको छायांकन मिति तय भएसँगै काम सक्नुपर्नेछ ।
प्रदीप आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पूजार सार्की’ मार्फत डेढ वर्षपछि पर्दामा आउन लागेका छन्। हाल फिल्मको प्रचार प्रसारमा व्यस्त रहेको उनले अबको डेढ वर्ष कुनै नयाँ फिल्म साइन नगर्ने भएका छन्।
आधा दर्जन बढी फिल्मको छायांकन बाँकी रहनुले अबको वर्ष प्रदीप व्यस्त रहने उनको लाइनअपले पनि प्रमाणित गर्छ । उनले यसो भन्नुको पछाडी घोषणा भएका फिल्महरू धेरै भएकाले ती फिल्मको छायांकन नसकिँदासम्म नयाँ फिल्म साइन नगर्ने बताएका हुन् ।
प्रदीपकै अनुसार उनी यतिबेला राजन भुसालले निर्देशन गर्न लागेको फिल्म ‘एक्टर’ को वर्कसप गर्दे ‘पूजार सार्की’को प्रचार प्रसार गरिरहेका छन् । ‘एक्टर’को यसै हाप्ता भित्र छायांकन सुरु गर्ने तायारी भइरहेको छ । अनुबन्धित भएकामध्ये उनले यो फिल्मको छायांकनपश्चात ‘पिताम्बर’ को सेटमा जोडिने बताएका छन्।
त्यसपछि प्रदीपले दसैं आसपासमा छायांकन हुने फिल्म ‘ऐरी’ मा काम गर्नेछन्। फिल्म ‘एक्लो’ सहित सुदर्शन थापाको फिल्ममा समेत अनुबन्धित भइसकेका उनले यो वर्ष ‘लिलीबिली २’ र निर्देशक रेनशा वान्तवा राईसँगको अर्को एक नयाँ फिल्ममा पनि काम गर्न सक्ने बताउँछन्।
रेनशासँगको फिल्मका लागि हाल कुरा भइरहेकोले सहकार्य हुन सक्ने संकेत उनले गरेका छन्। जसरी प्रेम गीत ३ को नतिजा हेरेर बल्ल अरू फिल्म साइन गरेको थिएँ, त्यसरी नै बाँकी सबै फिल्मको छायांकन सकेर ऐरी प्रदर्शन नहुँदासम्म अरू फिल्म तत्कालका लागि साइन नगर्ने र अभिनयबाट ‘ब्रेक’ लिने उनको योजना रहेको बुझिन्छ।