१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारकाे निर्णय-Sutra News

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारकाे निर्णय

शुक्रबार, २१ बैशाख २०८१

शुक्रबार, २१ बैशाख २०८१

काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल चलन चल्तीमा रहेको १०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको हाे ।



पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ, स्वीकृत दिएको छ, पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ’, मन्त्री शर्माले भनेकी छिन् ।

यसअघि १०० रुपैयाँको नोटमा पुरानो नक्सा थियो ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वकाे सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट