लाेकसेवाकाे परीक्षा दिन चाहनेलाई काठमाडाैं महानगरले निःशुल्क कक्षा सञ्चालन गर्ने-Sutra News

लाेकसेवाकाे परीक्षा दिन चाहनेलाई काठमाडाैं महानगरले निःशुल्क कक्षा सञ्चालन गर्ने

शुक्रबार, २१ बैशाख २०८१

शुक्रबार, २१ बैशाख २०८१

काठमाडाैं । काठमाडौं महानगरपालिकाले लोकसेवा परीक्षाको तयारी गरिरहेका महानगरबासीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागको आर्थिक वर्ष २०८०, ८१ को स्वीकृत कार्यक्रम अन्तर्गत निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।



महानगरपालिकाको सामाजिक विकास विभागले निशुल्क लोक सेवा तयारी कक्षामा सहभागिताका लागि महानगरवासीहरुलाई आब्हान गरेको छ । विभागले एक विज्ञप्ती प्रकाशित गरी ७ दिनभित्र विभागमा आवेदन पेश गर्न भनेको छ ।

आवेदकहरुले आवेदनका साथ केही आवश्यक कागजातहरु समेत पेश गर्नुपर्नेछ । विज्ञप्ती अनुसार इच्छुक आवेदकहरुले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाम कागजपत्र, खरिदार र नासुस्तरको तयारी कक्षामा सहभागिताका लागि प्रमाणपत्र तहको र अधिकृत स्तरको तयारी कक्षामा सहभागिताका लािग स्नातक तहको शैक्षिक प्रमाण पत्र पेश गर्नुपर्नेछ ।

लोकसेवा परीक्षाको तयारी गरिरहेका महानगरबासीका लागि काठमाडौँ महानगरपालिकाले ल्याएको यो कार्यक्रम तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट