काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ ।
कांग्रेसले शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।