काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता जोगाउन प्रधानमन्त्रीले जे पनि गर्ने बताएका छन् ।
उनले सत्ता जोगाउन जे पनि गर्छु भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइमा दलहरू फुटाउनेदेखि अरु के-के होला ? भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रश्न गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा आफूले सत्ता टिकाउन अनेक काम गर्ने बताएका थिए ।