शनिबार कुन राशीको दिन कस्तो ? हेर्नुहोस् राशिफल-Sutra News

शनिबार कुन राशीको दिन कस्तो ? हेर्नुहोस् राशिफल

शनिबार, २९ बैशाख २०८१

शनिबार, २९ बैशाख २०८१

आज मिति २०८१ वैशाख २९ गते शनिबार । सन् २०२४ मे ११ तारिख । नेपाल सम्बत ११४४ बछलाथ्व चर्तुर्थी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन केही चुनौतीहरू देखिने छन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नु पर्ने योग छ । तथापि, हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नेछ । प्रगतिको खबर सुन्न पाइएला । आरोग्यता रहने छ । यात्रागत कार्य सफल होला । घरेलु समस्यामा समय व्यतित भएपनि समग्रमा लाभ नै हुनेछ ।

बृष

मनमा दोधारको अवस्था सिर्जना हुने समय छ । व्यवसायमा फाइदै होला । सामान्य आम्दानी भइरहनेछ र आर्थिक पक्ष सुदृढ बन्नेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनु होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । रसरागको भावना वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । परिवारिक सुख बढ्ने छ ।

मिथुन

मनोरञ्जनपूर्ण समय रहेको छ । प्रेमको बन्धन कसिएला । आतिथ्यपूर्ण सम्मान मिल्नेछ । कतै यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । आय वृद्धि हुनेछ भने व्यक्तिगत दायित्व पनि बढ्नेछ । आज मनोकूलको काम बनेर मन प्रशन्न रहने योग छ ।

कर्कट

भूमि तथा मातृधनबाट लाभ लिने समय छ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्ला । तथापि, बोलीको विपरीत अर्थ लागेर विवाद निम्तिन सक्ने योग रहेकोले संयमित व्यवहार गर्नु हितकर हुनेछ । आजको दिन नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहने छ ।

सिंह

पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि आजको दिन उत्साहजनक रूपले बित्ला । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्ने छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हहुने देखिन्छ । तथापि, शोख पूरा गर्नका लागि केही खर्च भने बढ्नेछ । भाग्योदय हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या

दौडधुप बढे पनि मौकाको फाइदा लिन सकिने छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा विजयी भइएला । सामर्थ्य बढ्नेछ, आरोग्यता रहला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ भने चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम दिनुहोला । महत्वपूर्ण कार्यमा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

प्रतिष्ठित काम सम्पादन गर्ने समय छ । अनुकूलता वृद्धि हुनेछ । अनुयायीले प्रसन्नता दिलाउने छन् । सन्तान पक्षबाट पनि सुख प्राप्त होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ भने ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । दाम्पत्य सुख बढ्ने छ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक

रोकिएका काम सम्पादन हुने समय भएपनि बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेतना अपनाउनु हितकर हुनेछ । कसैसँग सामान्य झगडा पनि हुन सक्छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु होला परोपकार र धार्मिक क्षेत्रको लगानीले प्रतिष्ठा दिलाउने छ । आरोग्यता रहनेछ भने रसरागमा रुचि बढ्ने छ ।

धनु

महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । कतै लामो दुरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । आरोग्यता र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । समष्टिमा दिन राम्रो छ ।

मकर

दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । शुभदायी कर्ममा व्यस्तता बढ्ने छ । आरोग्यता रहनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ । आफन्को सहयोग प्राप्त हुनेछ ।

कुम्भ

दिन शुभदायी छ । तपाईंको प्रतिभाको कदर हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्ने छन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । पराक्रम वृद्धि तथा धन मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन

परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ तर नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । पाहुनाको खातिरदारीमा समय खर्च हुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट