काठमाडौं । कवाड व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरूको व्यवसायमा काठमाडौं महानगरले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरुले काठमाडौं महानगरभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीलाई विस्थापित गराउने गरी महानगरभित्रका वडा कार्यालयबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका हुन् ।
महानगरले आफूहरुको व्यवसायिक फर्मको दर्ता नविकरणसमेत नगरेको उनीहरुको गुनासो थियो । उनीहरुले आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।
सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि ९उच्च अदालत० बाट काठमाडौं महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए ।
यस क्रममा प्रधानमन्त्री दाहालले कवाड व्यवसायीको व्यवसायको सुरक्षाको प्रत्याभूति गराउनको लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाएका थिए । अदालतको आदेशविपरित कोही पनि जान नमिल्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।