राष्ट्रपतिका सल्लाकारमाथि खनिए ओली, भनेः जनताले कर तिरेको पैसामा सल्लाकार बनेर राष्ट्रहित विपरीत बोल्ने-Sutra News

राष्ट्रपतिका सल्लाकारमाथि खनिए ओली, भनेः जनताले कर तिरेको पैसामा सल्लाकार बनेर राष्ट्रहित विपरीत बोल्ने

शनिबार, २९ बैशाख २०८१

शनिबार, २९ बैशाख २०८१

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वगर्भनर तथा राष्ट्रपतिका विज्ञ सल्लाहकार चिरञ्जिवी नेपालमाथि खनिएका छन् ।



नेपाल सरकारले एक सयको रुपैयाँमा देशको नयाँ नक्सा राख्ने निर्णयमा सल्लाहकार नेपालले विरोध जनाएका थिए । उनले छिमेकी मुलुक भारत रिसाउने भन्दै नेपालले आफ्नो नोटमा नक्सा राख्न नहुने बताउँदै आएका छन् ।

राष्ट्रपतिका विज्ञ सल्लाहकारले नै आफ्नो देशको हितविपरीत कुरा गरेपछि एमाले अध्यक्ष ओलीले आक्रोशित बनेका हुन् । नेपाल बुद्धिजीवी परिषदको भेलालाई सम्बोन गर्न पुगेका ओलीले नेपाली जनताको करको पैसा खाएर राष्ट्रपतिका सल्लाहकार बनेको भन्दै आक्रोश पोखेका हुन् ।

‘नेपालले सयका नोट छाप्ने भो, आफ्नो देशको नक्सा राख्ने भो, यहाँ राष्ट्रपतिको विज्ञ सल्लाहकार भन्ने एउटा जागिरे नक्सा राख्न पाइन्छ भनेर दाबेदारी गर्छ,’ उनले भने, ‘कत्रो हिक्मत नेपाललाई हेप्ने कुरामा नेपाली जनताले कर तिरेको पैसामा विज्ञ सल्लाकार बनेर राष्ट्रहित विपरीत बोल्ने, कति निन्दनीय कुरा छ, कस्ता दलाल कहाँ पुगेको ।’

उनले आफ्नो देशको पैसा आफ्नै नोटमा राख्न पाउने कुरामा नेपाली हुँ भनेर नेपालकै जागिर खाएर कराउनेलाई हटाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट