काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत साताको तुलनामा सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।
साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य २३ सय रुपैयाँले बढेको थियो । योसँगै साताको अन्तिम कारोबारको दिन छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँ पुगेको हो ।
गत २१ गते शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य एक लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार तेजाबी सुन एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ । गत साता एक हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले वृद्धि भएको हो । योसँगै यो साता प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।