डढेलोका कारण क्यानाडामा दुई समूदायलाई आपतकालीन चेतावनी-Sutra News

डढेलोका कारण क्यानाडामा दुई समूदायलाई आपतकालीन चेतावनी

शनिबार, २९ बैशाख २०८१

शनिबार, २९ बैशाख २०८१

काठमाडौं । क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जंगलमा लागेको नियन्त्रण बाहिरको डढेलोका कारण दुई समूदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ ।



उक्त दुई समूदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’का थिए । आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिण पश्चिममा रहेको र धुँवाले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई छोटो सूचनामा खाली गर्न तयार रहन जानकारी दिइयो । क्यानाडाली इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार शुक्रबार देशभर ११७ वटा आगो सक्रिय रूपमा लागिरहेको छ । तीमध्ये ३३ वटा नियन्त्रण बाहिर रहेका छन् ।

क्यानाडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले ठूलो जंगली डढेलोको जोखिम निम्त्याउन सक्ने बिहीबार चेतावनी दिएको छ । सन् २०२३ मा क्यानाडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो ।

क्यानाडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर सात हजार १३१ आगलागी हुँदा १७ करोड दुई लाख तीन हजार हेक्टर जमिन जलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट