काठमाडौं । धरान उपमहानगर ८ स्थिमा बुढासुव्वा वर्कसपबाट ३१३ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
सोही वर्कसपमा काम गर्ने धरान उपमहानगर १५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले वर्कसपको कम्पाउण्डभित्र गाँजा बरामद गरेको हो ।
प्रहरीले बा १० च ६८३८ नम्बरको स्कार्पियो गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी कार्कीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।