फेरि अनसनमा डा. गोविन्द केसी-Sutra News

फेरि अनसनमा डा. गोविन्द केसी

शनिबार, २९ बैशाख २०८१

शनिबार, २९ बैशाख २०८१

काठमाडौं । डा‍‍. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२ औँ अनशनमा बसेका छन् । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपराह्नदेखि उनी अनशनमा बसेका हुन् ।



डा. केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमण कालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नु पर्ने, सबै नेपालीलाई गुणस्तरीय साधै निःशुल्क औषधिक उपचारको व्यवस्था गर्नु पर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत माग राखेका छन् ।

उनले आफ्नो माग कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरुलाई कारबाहीको माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट