पानी परेपछि किसानले पाए राहत-Sutra News

पानी परेपछि किसानले पाए राहत

शनिबार, २९ बैशाख २०८१

शनिबार, २९ बैशाख २०८१

काठमाडौं । लामो समयपछि वर्षाले चर्को गर्मीसँगै खडेरीको मारमा परेका नागरिकले राहत महसुस गरेका छन् । वर्षाका कारण राहत महसुस भएको कैलालीका झलक बोहराले बताए ।



“पानी नपाएर मर्न थालेका बोटविरुवा र कृषि बालीलाई आजको वर्षाले फाइदा पुगेको छ,” उनले भने, “गर्मीसँगै वन क्षेत्रमा बढेको डढेलोको समस्या रोक्नपनि वर्षाले सहयोग गर्ने छ ।”

वैशाखदेखिको चर्को गर्मीसँगै बढेको तापक्रमले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरको जनजीवन कष्टकर बनेको थियो । लामो समयदेखि पानी पर्न नसकेर उत्पन्न सुक्खा मौसम र बढेको गर्मीसँगै वन जंगल र गाउँमा आगलागीका घटना बढेका थिए ।

कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख इञ्निियर सञ्जयकुमार साहले आज धनगढीमा आठ दशमलव आठ मिलिमिटर वर्षाको मापन भएको जानकारी दिए ।

गर्मी बढ्दै जाँदा यस वर्ष यही वैशाख २३ गने धनगढीको अधिकतम तापक्रम ४१ दशमलव पाँच डिग्री सेल्सियस मापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट