काठमाडौं । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढ्न थालेको छ । केही दिन ओरालोमा रहेको मूल्य फेरि पुरानै लय समाउँदै बढ्न थालेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुनकाे मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ३७ हजार ७५० रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा सुनको मूल्य बिहीबारदेखि नै लगातार उकालोमा छ ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । यद्यपि, आइतबार भने शुक्रबारको तुलनामा १० रुपैयाँले चाँदीको मूल्य घटेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।