विवादमा तानिएका राष्ट्रपतिका आर्थिक सल्लाहकार दिए राजीनामा-Sutra News

विवादमा तानिएका राष्ट्रपतिका आर्थिक सल्लाहकार दिए राजीनामा

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् । आइतबार राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले डा. नेपालले दिएको राजीनामा स्वीकृत गरेको जानकारी दिएकी हुन् ।



“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको नयाँ नक्सा १०० रुपैयाँको नोटमा प्रकाशित गर्नेसम्बन्धी सरकारको निर्णयमा राष्ट्रपतिका सल्लाहकार नेपालले प्रश्न उठाएका थिए । उनले सरकारको उक्त निर्णयको विरोध गरेका थिए ।

सरकारको निर्णयको विरोध गरेका नेपालको चौतर्फी आलोचना भएको थियो । उनको अभिव्यक्तिलाई लिएर राष्ट्रपतिकै आलोचना हुन थालेपछि उनले राजीनामा दिएका हुन् ।

यद्यपि, उनले आफ्नो अभिव्यक्तिको बचाउमा पनि विज्ञप्ति जारी गरेका थिए । उनले आफ्नो भनाई राष्ट्रपतिको सल्लाहकार नभई अर्थविद्को रुपमा दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट