प्याज किन खानुपर्छ ?-Sutra News

प्याज किन खानुपर्छ ?

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

प्याज खानेकुराकाे स्वाद बढाउन मात्रै नभइ स्वास्थ्यका लागि पनि निकै महत्वपूर्ण छ । यसले शरीरका लागि अावश्यक पर्ने विभिन्त तत्व उपलब्ध गराउँछ ।



प्याजको सेवनले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँदछ । दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।

प्याजमा विभिन्न फाइटोकेमिकल्स तथा भिटामिन सी पाइन्छ, जसले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँदछ ।

साथै, माइग्रेन, पखाला र शरीरमा हुने डिहाइड्रेसनबाट पनि राहत मिल्छ ।

प्याजमा फोलेट, आइरन, पोटासियम र भिटामिन सी र बी६ पाइन्छ। यो शरीरमा उर्जाको राम्रो स्रोत हो, यसमा प्रशस्त मात्रामा म्यांगनीज हुन्छ। जुन रुघाखोकीमा पनि राम्रो हुन्छ ।

प्याजमा एलियम र एलिल डाइसल्फाइड पाइन्छ जुन फाइटोकेमिकल हो। जुन शरीरका लागि फाइदाजनक हुन्छ । यसले क्यान्सर र मधुमेह जस्ता रोगबाट पनि राहत दिन्छ ।

प्याज खाँदा नसा सुन्निने र उच्च रक्तचापको समस्याबाट राहत मिल्छ । प्याजमा पाइने तामा मस्तिष्कका लागि राम्रो मानिन्छ । प्याज खानु छाला र कपालको लागि राम्रो हो। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट