काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्बमाथि पुगेको छ । नेपाल राष्ट्रले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष नौ महिनाको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको हो ।
केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षको कुल विदेशी विनियम सञ्चितिभन्दा नौ महिनाको विनिमय सञ्चिति २४.२ प्रतिशतले बढी छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।
केन्द्रीय बैंकका अनुसार चैत मसान्तसम्म अमेरिकी डलरमा विदेशी विनिमयको सञ्चिति १४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।
कुल विदेशी विनियम सञ्चितिमध्ये केन्द्रीय बैंकमा मात्रै १६ खर्ब ८८ अर्ब २१ करोड रुपैयाँ छ भने बाँकी अन्य बैंक तथा वित्तीय संस्थामा छ ।
कुल विदेशी विनिमय सञ्चितीमध्ये भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
भएको विदेशी विनिमय सञ्चितिले साढे १२ महिनासम्म वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।