वात्सल्य नेचुरल आईभीएफको नयाँ क्लिनिक चितवनमा-Sutra News

वात्सल्य नेचुरल आईभीएफको नयाँ क्लिनिक चितवनमा

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

चितवन । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निसन्तान उपचार सेवा प्रदायकले आईतबार एक कार्यक्रममाबीच चितवनमा आफ्नो नयाँ क्लिनिक सञ्चालन भएको घोषणा गरेको छ ।क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा रिबन काट्दै गरेका थिए।



गुणस्तरीय प्रजनन् उपचार नेपालभर सहज रुपमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुप यस शाखाको विस्तार भएको र निकट भविष्यमै बुटवल, पोखरा, बिराटनगर जस्ता स्थानमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको कार्यक्रममा बोल्दै वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले बताए ।

आफ्नो स्थापनाको छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै आएको र आम सेवाग्राहीको विश्वास जित्दै आएको यस क्लिनिकले, नेपालमै सर्वाधिक आईभीएफसफलता, निस्सन्तान उपचारबाट सर्वाधिक स्वस्थ शिशुको जन्म, सर्वाधिक निस्सन्तान विशेषज्ञको टोली, सर्वाधिक निस्सन्तान उपचार शाखा सञ्चालन जस्ता विभिन्न मानकमा आफूलाई अब्बल साबित गर्दै आफूलाई नेपालकै नं. १ आईभीएफ क्लिनिकको रुपमा स्थापित गर्न सफल भएको छ ।

चितवनमा भर्खरै उद्घाटन गरिएको वात्सल्यको नयाँ शाखाले हालक निस्शुल्क आईयूआई प्रदान गरिरहेको छ। यस बाहेक यस क्लिनिकमा प्रजनन् जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवूलेशन इन्डकसन, आईभीएफ, फर्टिलिटी फ्रिजिंग जस्ता विभिन्न अत्याधुनिक प्रजनन् उपचारका सेवाहरु प्राप्त गर्न सकिन्छ ।

वैशाख २९ शुक्रबारको दिन होटेल सिरायचुलीमा आयोजित समारोहमा ‘बाँझपनका प्रभावहरू र पार पाउने तरिकाहरू’ शिर्षकमा प्यानल छलफल पनि गरिएको थियो जसमा प्रतिष्ठित वक्ताहरू थिए जसले बाँझोपन र यसका सामाजिक प्रभाव, उपचार र कानुनी प्रभावहरूका महत्वपूर्ण पक्षहरूलाई सम्बोधन गरे ।

डा. बिनुमा श्रेष्ठले निसन्तानसँग सम्बन्धित भावनात्मक र चिकित्सा चुनौतिहरू, क्यान्सर रोगले निम्त्याउने विभिन्न प्रजनन् का चुनौती, तिनका मानोवैज्ञानिक असर, क्यान्सर रोगीहरूको लागि प्रजनन जस्ता विषयलाई प्रकाश पारिन् ।

यस्तै डा. शैलेन्द्र राज अधिकारीले निस्सन्तान सँग सम्बन्धित विभिन्न मनोवैज्ञानिक पक्षहरु जस्तै पुरुषहरुले आफ्नो कारणलाई स्वीकार गर्न नसक्ने, डाक्टरसँग खुलेर कुरा राख्न नसक्ने, पारिवारिक र सामाजिक चुनौती र असहज मानसिक अवस्था सिजर्ना हुने, आदि विषयलाई उजागर गर्नु साथै यसको निराकारणका लागि योगा, ध्यान, श्वास प्रश्वास सम्बन्धि व्यायाम आदिमा जोड दिए ।

सुनिता करमाचार्यले निसन्तानदम्पतीले समाजमा भोग्नुपर्ने चुनौती, यससम्बन्धि फैलिएका सामाजिक भ्रम, उपचारका चुनौती, आर्थिक सक्षमता जस्ता गहन विषयमा आफ्नो मत राखे । पूर्णिमा कार्कीले नेपालमा आईभीएफ र सरोगेसीलाई नियन्त्रित गर्ने कानुनी परिदृश्यको बारेमा अन्तर्दृष्टि प्रदान गरिन्, विद्यमान कानुन र सामाजिक मान्यताहरूबारे छलफल गरिन् ।

यसबाहेक वात्सल्यका प्रजनन् विशेषज्ञ डा. निजा राजभण्डारीले आईभीएफ उपचारका प्राविधिक पक्ष, उपचारमा देखिएको हालका विकासहरु, विभिन्न अवस्था जसले बाझोपन निम्त्याउन सक्छ, फ्रिजिंग टेक्नोलोजी जस्ता विभिन्न माह्त्वपूर्ण शिर्षकमा आफ्नो धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट