शेयर बजारमा सुधारको संकेत : कारोबारसँगै बढ्यो बजार-Sutra News

शेयर बजारमा सुधारको संकेत : कारोबारसँगै बढ्यो बजार

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

काठमाडौं । शेयर बजारमा पुनः सकारात्मक संकेत देखिन थालेको छ । लगातार गिरावटका बीच गत साताको अन्तिम कारोबार दिनदेखि बढ्न थालेको बजार आइतबार पनि एकल अंकले बृद्धि भएको हो ।



आइतबार ८.२६ अंकले बजार बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । एक्सचेन्जका अनुसार बजार बढेसँगै कारोबारमा पनि सुधार आएको छ ।

आइतबार ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको भएको स्टक एक्सचेन्जले जनाएको छ ।

स्टक एक्सचेन्जका अनुसार यस दिन कारोबारमा आएका २४५ कम्पनीमध्ये १२७ को मूल्य बढेको छ भने १११ कम्पनीको मूल्यमा केही गिरावट आएको छ । यस दिन निर्जिवन बीमा क्षेत्रमा २.६४ प्रतिशतले बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ ।

सुधार देखिएको बजारमा सिर्जनशील लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने उन्नती सहकारी लघुवित्त र युनाइटेड अजोड इन्स्यारेन्सको मूल्यमा उच्च अंकले बृद्धि भयो ।

यस सर्वाधिक सांग्रिला विकास बैंकको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ । सांग्रिलाको ३ लाख २८ हजार ४१८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १० करोड ५० लाख ६० हजार रुपैयाँको भएको स्टक एक्सचेन्जले जनाएको छ । सांग्रिलासँगै पोखरा फाइनान्स, सोनापुर मिनरल्स, सिवम् सिमेन्टलगायतको कारोबार उच्च रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट