बाढीमा परी १५ जनाको मृत्यु-Sutra News

बाढीमा परी १५ जनाको मृत्यु

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

काठमाडौं । इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी)ले जनाएको छ ।



बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले आइतबार ११ जनाको शव कान्डुआङ जिल्लामा र चारवटा सुङ्गाई पुआ जिल्लामा भेटिएको जानकारी दिए । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

भारी वर्षापछि आएको बाढीले कान्डुआङ, सुङ्गाई पुआ र आइभी कोटो जिल्लामा क्षति पुर्याएको थियो । कान्डुआङ जिल्लामा आवासीय घर, सार्वजनिक सुविधा र पसललगायत ९० वटा भवन डुबानमा परेका छन् ।

यसैबीच चौथो कोटो जिल्लामा ६० जना विस्थापित भएका छन् । २० पसल र एउटा विद्यालय भवन प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट