विवादमा फसे अल्लु अर्जुन, प्रहरीले दायर गर्‍यो मुद्दा-Sutra News

विवादमा फसे अल्लु अर्जुन, प्रहरीले दायर गर्‍यो मुद्दा

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा फसेका छन् । पुष्पा फेम अभिनेतालाई चुनवी प्रचारमा जाँदा ठूलो भीड लागेपछि प्रहरीले मुद्दा दायर गरेको हो ।



अभिनेताले आफ्नो घनिष्ठ मित्र र वाईएसआरसीपी विधायक रवि चन्द्र किशोर रेड्डीको लागि प्रचार गर्न नन्दयाल पुगेका थिए । यस क्रममा उनका समर्थकहरूको ठूलो भीड जम्मा भएपछि प्रहरीले मुद्दा दायर गरेको समाचारमा जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनविरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय मिडियाले उल्लेख छ । उनलाई हेर्न रविचन्द्रको घरमा ठूलो संख्यामा फ्यान र समर्थकको भिड लागेको थियो ।

जसले गर्दा प्रहरीलाई शान्ति व्यवस्था र ट्राफिक समस्या परेको थियो । जसबाट सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै प्रहरीले मुद्दा दायर गरेको बताइएको छ ।

अभिनेता अल्लु अर्जुन र रविचन्द्र किशोर रेड्डीको टोलीले कुनै अनुमति नलिएर सभा गरेको बताइएको छ । यस क्रममा उनीहरूविरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट