मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी-Sutra News

मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

काठमाडौं । मधेस प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा बुझाएका छन् । उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।



उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरण मन्त्री भरत प्रसाद साहले राजीनामा बुझाएका हुन् । उनीहरूले मधेस भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् ।

आजै नेकपा एमालेका मन्त्री पनि राजीनामा दिने तयारीमा छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै त्यसको असर प्रदेश सरकारमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट