काठमाडौं । हत्याको आरोपमा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका ४ घर भई हाल कपिलवस्तुको बाँणगंगा नगरपालिका ७ बस्ने ५१ वर्षकी दुर्गा गौतम भन्ने दुर्गा आचार्य र उनकै सहोदर बहिनी ४६ वर्षीय पार्वती आचार्य रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले दुवैलाई वैशाख २२ गते कपिलवस्तुकै बाँणगंगाको बनगाई भन्ने स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बागलुङ प्रहरीका सूचना अधिकारी विजय यादवका अनुसार उनीहरूलाई जिल्ला अदालतमा पेश गरेकोमा अदालते कारागार चलान गरेको जनाएको छ। फैसला कार्यान्वयनका लागि अदालतले आदेश दिएपछि दुवैजनालाई प्रहरी हिरासतबाट कारागार पठाइएको हो।