सन्दीप लामिछानेको मुद्दामा वरिष्ठ अधिवक्ता राम नारायण बिडारी जोडिए-Sutra News

सन्दीप लामिछानेको मुद्दामा वरिष्ठ अधिवक्ता राम नारायण बिडारी जोडिए

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

काठमाडौं । गौशाला २६ लाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको कानूनी टोलीमा वरिष्ठ अधिवक्ता राम नारायण विडारी जोडिएका छन् ।



काठमाडौंको फैसलाविरुद्ध लामिछानेले पुनरावलोकनका लागि उच्च अदालतमा दायर गरेको रिट आगामी १ गतेलाई पेशी तोकिएको छ । उच्च अदालतले समेत अग्राधिकार प्रदान गरेको उक्त मुद्दामा उनको पक्षमा बहस गर्न बिडारी पनि थपिएका हुन् ।

सन्दीपको पक्षमा वकालत गर्न आधा दर्जन जति कानून व्यवसायीको टीम छ । जसमा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, वरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत छन् ।

यो टोलीलाई अधिवक्ता सरोज घिमिरेले संयोजन गरिरहेका छन् । देवानी तथा फौजदारी कानूनका विज्ञ विडारी पनि थपिएपछि सन्दीपको कानूनी टीम बलियो बनेको छ ।

एक दशकपछि टी २० विश्वकपमा सहभागीता जनाउँदै गर्दा सन्दीपले उच्च अदालतमा सुनुवाइ कुरेर बसेका छन् । उनले अभियोगबाट सफाइ पाए विश्वकपमा सहभागी हुने झिनो सम्भावना कायमै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट