काठमाडौं । मधेस प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल सुरु भएको छ ।
मधेस सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।
सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ । एमाले मधेसमा २५ सांसदसहित सबैभन्दा ठूलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल सुरु भएको छ ।
कूूल १०७ सदस्यीय मधेस प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९–९ सिट रहेको छ । चार दलको कूल ५६ सिट रहेपछि सभामुखबाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।