आज पाँच प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना, केही स्थानमा वर्षा जारी-Sutra News

आज पाँच प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना, केही स्थानमा वर्षा जारी

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

काठमाडौं । हाल नेपालमा स्थानीय, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।



मौसम पूर्वानुमान महासंघका अनुसार अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थानका साथै कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

देशका पहाडी भागका थोरै स्थानका साथै तराई भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशका पहाडी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट