आज मिथुन, सिंह र तुला राशीलाई लाभलाभै, अरु राशीको दिन कस्तो ?-Sutra News

आज मिथुन, सिंह र तुला राशीलाई लाभलाभै, अरु राशीको दिन कस्तो ?

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

आज मिति २०८१ वैशाख ३१ गते सोमबार । सन् २०२४ मे १३ तारिख । नेपाल सम्वत ११४४ बछलाथ्व षष्ठी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

समय केही चुनौतीयुक्त छ । उच्च महत्वाकांक्षाले नोक्सानी निम्त्याउन सक्छ भने विलासितामा खर्च बढ्नेछ योग छ । आजको दिन स्वास्थ्यप्रति पनि विशेष ध्यान राख्नु हितकर हुनेछ । पतिपत्नीबीच असमझदारी बढ्न सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार हुने सम्भावना रहेकाले व्यवहारमा संयमता र सावधानी अपनाउनु उचित हुनेछ । आफन्त एवम् मित्रजनको साथ मिल्ने छ ।

बृष

समय अनुकुल छ । परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनेछ भने धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउन सकिने छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्ला । जीवनसाथीलाई भने केही पीडा हुने ग्रहयोग छ । आरोग्यताका साथै रसरागको भावना वृद्धि हुनेछ । मान महत्व बढ्ने छ ।

मिथुन

आजको दिन ब्यापारबाट राम्रै धनलाभ हुनेछ भने भौतिक साधनहरू जुट्ने छन् । नसोचेको ठाउँबाट लाभ प्राप्त भइ मन प्रशन्न होला । अध्ययन अध्यापनमा पनि प्रगति हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । रसरागमा आकर्षण बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ । चाहेअनुसार काम बन्नाले मन प्रशन्न रहला ।

कर्कट

तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । बन्धुबान्धवसँग भने असमझदारी बढ्ने योग छ । सन्तान पक्षबाट प्रसन्नता मिल्ने छ । खेलकूद भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहने छ । बल विवेकको सही प्रयोगले काम बन्ने छ ।

सिंह

कर्मबल र आरोग्यता बढ्ने समय छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिएला । तर, अनावश्यक कार्यमा खर्च बढ्ने तथा प्रतिस्पर्धीहरू प्रवल बन्ने योग छ । स्वास्थ्य पनि सवल नरहन सक्छ । व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ, सावधान रहनु होला ।

कन्या

मिश्रित फलदायी समय छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन्, होसियार रहनुहोला । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ तर आर्थिक समस्या भने समाधान हुनेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला । समस्यामा उच्चाधिकारीको साथ मिल्ने छ ।

तुला

समय शुभदायी छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, तथा पशुधनबाट पनि राम्रै लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग भएकाले विशेष सतर्कता अपनाउनु होला । स्वास्थ्य सबल बन्ने छ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक

नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । तर, समयमै निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । रोकिएका काम बनी नयाँ काम सुरु हुने योग छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई विशेष फाइदाको दिन रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । समयले साथ दिनेछ ।

धनु

स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । अन्धविश्वासको भरमा काम नगरेकै बेस हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । धार्मिक कर्ममा आकर्षण बढ्नेछ । यात्रामा सफलता हात पर्ने छ ।

मकर

मानसम्मानका मिल्ने र आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ भने सार्वजनिक काममा संलग्न व्यक्ति हुनुहुन्छ भने उच्चस्तरकै मानसम्मान प्राप्त हुने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट भई मंगलमय काम सम्पादन हुन सक्छ । आफन्तजनको सहयोग पनि जुट्नेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ

आजको दिन उत्साहवर्द्धक समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । प्रतिस्पर्धी परास्त होलान् । परिवारजनको सहयोगले उत्साह बढाउने छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । व्यस्तताका साथै अनुकुलता बढ्ने छ । मित्रजनको साथ मिल्ने छ ।

मीन

आजको दिन परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । पराक्रमका साथै धन मान महत्व बढ्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट