यस्तो छ ‘जुगिना’मा अरुणको लुक्स-Sutra News

यस्तो छ ‘जुगिना’मा अरुणको लुक्स

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

काठमाडौं । नायक अरुण क्षेत्रीले प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ बाट डेब्यू गरेका हुन् । यो फिल्मबाट उनको अभिनयको समेत चर्चा भयो। डेब्यू फिल्मबाट नै सफलताको स्वाद चाखेका उनी त्यसपछि फिल्म ‘प्रेमा’ र ‘ज्याकी : आएम ट्वान्टी वान’मा देखिएका थिए ।



फिल्म ‘प्रेमा’मा मुख्य नायकको रूपमा देखिएका अरुण ‘ज्याकी : आएम ट्वान्टी वान’मा भने सहायक भूमिकामा थिए । त्यसपछि कुनै फिल्ममा नदेखिएका पछिल्लो समय फिल्म ‘महाजात्रा’को एक गीतमा पनि नृत्य गरेका थिए ।

अरुणको लागि ‘ज्याकी: आइ एम २१’ पहिलो फिल्म भए पनि छायांकनका हिसाबले ‘प्रेमा’ दोस्रो फिल्म हो भने ‘महापुरुष’ प्रदर्शनको हिसाबले उनको डेब्यू फिल्म बन्न पुग्यो।

‘महापुरुष’ बाट तारिफ पाएका उनै अरुण नयाँ फिल्म ‘जुगिना’मा देखिँदै छन् । यो फिल्मलाई प्रवीण रोकायाले निर्देशन गरिरहेका छन् । सामाजिक सञ्जालमा उनले लुक्स सार्वजनिक गरेका छन् । अरुणको भूमिकाबारे भने केही पनि खुलाइएको छैन । तर, उनले सार्वजनिक गरेको तस्बिरमा उनको चर्चा र तारिफ भइरहेको छ ।

करिब एक महिना लगाएर खप्तड र बझाङमा ८० प्रतिशत छायांकन गरिएको फिल्मको बाँकी २० प्रतिशत छायांकन भने काठमाडौँमा हुने बताइएको छ । फिल्ममा अरुणसँगै नायिका सुरक्षा पन्त र नायक कार्म शाक्य पनि रहेको बुझिएको छ ।

यो फिल्मको ट्राभल, रोमान्स र एडभेन्चरको कथा भन्छ । यता, फिल्मको कथावस्तु र आफ्नो भूमिकालाई लिएर भने अरुण उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट