आँखाको सुरक्षामा चश्मा वा कन्ट्याक्ट् लेन्समध्ये कुन राम्रो ? के भन्छन् विशेषज्ञ-Sutra News

आँखाको सुरक्षामा चश्मा वा कन्ट्याक्ट् लेन्समध्ये कुन राम्रो ? के भन्छन् विशेषज्ञ

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

काठमाडौं । आधुनिक जीवनशैली र डिजिटल डिभाइसको अत्यधिक प्रयोग हुने अवस्थाका कारण तपाईं हाम्रो आँखामा सामान्यदेखि गम्भीर किसिमका समस्या देखिने गरेको छ ।



मोबाइल, ल्यापटप तथा डेक्सटपमा घण्टौँसम्म झुण्डिने जीवन पद्धतिले आँखामा थप समस्या ल्याउने भन्दै विशेषज्ञहरूले चेतावनी दिँदै आएका छन् । आँखाका अधिकांश समस्यामा प्राथमिक सुरक्षाका लागि प्रयोग गरिने भनेको चस्मा र कन्ट्याक्ट् लेन्स हुन् ।

तर, चस्मा र कन्ट्याक्ट् लेन्समध्ये कुन प्रयोग गर्ने ? भन्ने विषयमा निकै द्विविधा रहेको पाइन्छ । केही बिरामीका लागि चश्मा बढी उपयुक्त हुन्छ । कसैका लागि कन्ट्याक्ट लेन्स ।

जब हामी आँखा कमजोर भएको महसुस गर्छौं, हामी डाक्क्टरको परमर्श लिएर आँखा जाँच गराई चश्मा लगाएर सुधार गर्छौं । पछिल्लो समय मानिसहरुले आँखामा चश्माको सट्टा कन्ट्याक्ट लेन्स पनि लगाउन थालेका छन् ।

एक प्रतिवेदनका अनुसार सन् २०१९ देखि २०२५ सम्म कन्ट्याक्ट लेन्सको कम्पाउण्ड वार्षिक वृद्धिदर ७.५ प्रतिशतले बढ्न सक्छ । तर, हालै अमेरिकाको फ्लोरिडामा लेन्स लगाएर आँखाको ज्योति गुम्ने घटना सार्वजनिक भएपछि मानिसहरु लेन्ससँग डराउन थालेका छन् ।

के भन्छन् आँखा विशेषज्ञ ?

विशेषज्ञका अनुसार चश्मा होस् वा कन्ट्याक्ट लेन्स दुवै आँखाका लागि राम्रो हुन्छ । यद्यपि, यिनीहरू विभिन्न परिस्थितिमा प्रयोग गरिन्छ ।

केही विरामीका लागि चश्मा राम्रो मानिन्छ । कसैको आँखा लेन्सका लागि उपयुक्त हुन्छ । चश्मा र कन्ट्याक्ट लेन्स दुवैका आफ्नै फाइदा र बेफाइदा छन् । तैपनि, नेत्र रोग विशेषज्ञका अनुसार, कन्ट्याक्ट लेन्स लगाउनुभन्दा चश्मा लगाउनु निकै राम्रो मानिन्छ ।

चश्मा आँखाका लागि कति उपयोगी ?

विशेषज्ञका अनुसार आँखाका विरामीले कन्ट्याक्ट लेन्सको सट्टा चश्मा लगाउनु पर्छ । चश्मा लगाउन र हटाउन धेरै सजिलो छ । यसका लागि धेरै काम गर्नु पर्दैन ।

चस्मा आँखाको भागभन्दा माथि हुने भएकाले यसले भित्री भागलाई छुन रोक्छ । आँखालाई संक्रमणबाट टाढा राख्छ । लामो समयसम्म चश्मा लगाउनेका लागि धेरै सावधानी अपनाउनु आवश्यक छैन । यही कारण हो कि चश्मा सबै उमेरका मानिसका लागि राम्रो हुन्छ ।

कन्ट्याक्ट लेन्सको फाइदा कति ?

कन्ट्याक्ट लेन्स बढीमा ८ देखि १० घण्टासम्म मात्र प्रयोग गर्नु पर्ने आँखा विशेषज्ञहरु बताउँछन् । लामो समयसम्म लगाएर यसको सरसफाइमा ध्यान नदिए यसले आँखालाई हानी पुर्‍याउन सक्छ ।

आँखाभित्रको कोर्नियामा लगाउने भएकाले सरसफाइमा ध्यान नदिने हो भने खतरनाक ब्याक्टेरिया बढ्न सक्छ । यसले आँखाको ज्योति पनि गुमाउन सक्छ । कतिपय मानिसले पूरै दिन लेन्स लगाएर बस्दा आँखामा हाइपोक्सिया हुन्छ अर्थात् अक्सिजनको कमी हुन्छ ।

कोर्नियल एपिथेलियमको स्वास्थ्य पनि बिग्रन सक्छ । जसले गर्दा आँखामा समस्या आउन सक्छ । आँखा वरिपरि हुने किटाणुहरूले कोर्नियालाई नोक्सान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट