उपेन्द्र यादव बाहिरिएसँगै अशोक राईको जसपा सरकारमा जाने-Sutra News

उपेन्द्र यादव बाहिरिएसँगै अशोक राईको जसपा सरकारमा जाने

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको केही घण्टामा नै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ ।



जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नयाँ मन्त्रीका लागि तीन जनाको नाम सिफारिस गरेको हो । जसपाबाट प्रदीप यादव, हसिना खान र रञ्जु झा मन्त्र बन्ने भएका हुन् ।

यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको छ । स्रोतका अनुसार रञ्जु झाको नाम पनि पठाइएको छ । रञ्जु झालाई कुन मन्त्रालय दिने भन्नेबारे खुल्न बाँकी रहेको छ ।

जसपा नेपालबाट सरकारमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आज बिहान मात्रै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट