काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले वर्तमान सत्ता गठबन्धन बदलिन सक्ने चेतावनी दिएका छन् ।
पार्टीको पोलिटब्यूरो बैठकमा अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन सक्ने जनाएको हो । उनले वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएकाले दीर्घ कालीन नभएको उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले भनेका छन्, ‘यो समीकरण वर्तमान संसदको संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो, यो दीर्घ कालीन होइन तत्कालिक राजनीतिक सहकार्य मात्र हो, त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तत्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’