जेठ १ गते मिथुन, कन्या र बृश्चिक राशीको दिन शुभ, अरूको दिन कस्तो ?-Sutra News

जेठ १ गते मिथुन, कन्या र बृश्चिक राशीको दिन शुभ, अरूको दिन कस्तो ?

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

आज मिति २०८१ जेठ १ गते मंगलबार । सन् २०२४ मे १४ तारिख । नेपाल सम्बत ११४४ बछलाथ्व सप्तमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन मिश्रित फलदायी रहला । बुद्धिविवेकको प्रयोगले अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ । भूमि तथा पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ मिल्ने योग छ । तर, स्वास्थ्य भने कमजोर रहला । काम गर्ने जोशजाँगरमा कमी आउने छ भने पठनपाठनमा पनि समय दिन नसकिएला । सामान्य उपलब्धिका लागि आवश्यकताभन्दा ज्यादा मिहिनेत गर्नु पर्नेछ । नयाँ कामका योजना छन् भने हालको लागि थाती राख्नु हितकर हुनेछ ।

बृष

समय शुभदायी छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । कामले अरूलाई प्रभावित पारेर राम्रै फाइदा लिन सकिएला । चाहेमा कीर्तिमानी काम सम्पादन गर्न सकिने योग छ । शत्रुपक्षको चलखेलका कारण चुनौती बढ्नेछ, तर जित तपाईंकै हुनेछ । नियमित काम सहजतापूर्वक सम्पन्न हुनाले मन प्रफुल्ल रहला ।

मिथुन

आश मारेको काम बन्नाले उत्साह जाग्ने दिन छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ भने आजको दिन मित्रजन एवम् सहयोगीहरूले राम्रै साथ दिनेछन् । व्यावसायिक काममा लाभ नै हुनेछ, लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । योजनाहरू विस्तारै भए पनि अघि बढ्ने छन् । विलासीतासम्बन्धित क्रियाकलापमा आकर्षण रहला ।

कर्कट

सेवामूलक कामबाट अर्थलाभ हुने एवम् सन्तान पक्षबाट सहयोग र सन्तुष्टि मिल्ने समय भएपनि आफन्तबाट टाढिनुपर्ने योग छ । तथापि, बोलीको प्रभाव बढ्नेछ भने बिग्रन लागेको काम पनि अभिव्यक्ति कलाका कारण बन्ने देखिन्छ । आजको दिन यात्राको सम्भावना छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिने छ । अध्ययन अध्यापनमा मन लाग्ने छ ।

सिंह

आजको दिन श्रमको उचित मूल्य नमिल्न सक्छ । कामबाट सोचेभन्दा कमै लाभ होला । तथापि, कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्ने छ । खुट्टा तान्ने या आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । चुनौतीका बाबजुद दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । कतैबाट नसोचेको आम्दानी हुने योग छ ।

कन्या

आजको दिन शुभदायी र उत्साहजनक रहला । सहयोगी तथा मित्रजनबाट नयाँ कामको प्रस्ताव आउन सकछ । सहयोगीहरूको माध्यमबाट धन आर्जन होला । तथापि, केही खर्च बढ्ने योग छ । आज सरसापटसम्बन्धी क्रियाकलापलाई टार्नु नै हितकर हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने अवसर जुर्न सक्छ ।

तुला

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । बौद्धिक अभिव्यक्तिले पनि राम्रै अवसर दिलाउन सक्छ । धर्मकर्ममा मन जाला । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी बन्नुहुनेछ । मिष्टान्न भोजनको अवसर जुर्न सक्छ ।

बृश्चिक

भाग्योन्नतिको समय हुनाले काममा सफलताले पछ्याउनेछ । विगतका सफलताले थप हौसला जगाउनेछ भने व्यापार व्यवसायमा हुनेका लागि आम्दानीको थप मार्ग खुल्नेछ । धेरैको भलाइ हुने काम आरम्भ गर्न सकिनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । तथापि, हरेक कार्यमा सहयोगीको भर पर्नु घातक हुन सक्छ, सचेत रहनु होला । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नु हितकर हुनेछ ।

धनु

दिन चुनौतीपूर्ण रहला । मन लगाएर प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ भने काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । चाहना नहुँदा नहुँदै व्यवसायमा लगानी बढाउनुपर्ला । अवसर आए पनि मौकामा लाभ उठाउन मस्किल पर्ने योग छ । आजको दिन हठ नगर्नु हितकर हुनेछ । सामान्य वादविवादको योग छ, सचेत रहनुहोला ।

मकर

आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । प्रतिस्पर्धीहरू सल्बलाएकाले महत्वाकांक्षी योजना हालको लागि सार्वजनिक नगर्नु हितकर हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । आफन्तजनको सहयोग मिल्नेछ ।

कुम्भ

मनोरञ्जनपूर्ण दिन छ । रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । तपाईंबाट भएको कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । बोली र व्यक्तित्वको प्रभाव देखिने समय छ । सामाजिक काममा रुचि बढ्ला । मिठो भोजनको अवसर जुर्ने छ ।

मीन

दिन राम्रै छ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले प्रफुल्लता बढ्ला । मेहनतले सम्मानित स्थान दिलाउनेछ । तथापि, बन्न लागेको काम एकाएक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूसँग आजको दिन विशेष सचेत रहनुहोला । व्यापार व्यवसायमा लाभ नै हुनेछ । मित्रजनको साथ सहयोग रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट