काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।
सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
संघीय संसद्का सबै सदस्यलाई २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भएर आफ्नो आसन ग्रहण गरिसक्न संसद सचिवालयले सूचना जारी गरेको छ ।
यसैबीच, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडान कायम राख्ने बताएको छ । कांग्रेस लामिछानेसहित सहकारी ठगी सम्बन्धि अनुसन्धान गर्न छानबिन समितिको माग गर्दै आएको छ ।