नेपालमा चिया पिउने मानिसको कुनै कमी छैन । पानी पछि यो सबैभन्दा बढी पिउने पेय पदार्थ हो।
मानिसहरू बिहानदेखि बेलुकासम्म धेरै कप चिया पिउने गर्छन्, यद्यपि स्वास्थ्य विशेषज्ञहरूले सधैं यसबारे चेतावनी दिइरहन्छन् ।
बढी मात्रामा दूध र चिनी मिसाएर चिया पिउनाले मधुमेह र कब्जियतको जोखिम बढ्छ, त्यसैले धेरैले कालो चियालाई स्वस्थ्य विकल्पको रूपमा रोज्छन् । तर के कालो चिया सुरक्षित छ त ?
दूध र चिनी भएको चियाको खतरालाई चिन्ने मानिसहरू प्रायः कालो चियाको सेवन गर्छन् र यसमा कागती मिसाउने गर्छन् । यो उल्लेखनीय छ कि कागती भिटामिन सीको एक राम्राे स्रोत हाे, जसले प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँछ । यही कारणले गर्दा कोरोना भाइरसको प्रकोपका बेला मानिसहरु कागती चिया पिउन आग्रह गरिरहेका थिए । तर यो आग्रह तपाइँलाई फाइदा हाेइन हानी गराउने खालकाे छ ।
कागती चिया अत्यधिक पिउने व्यक्तिहरूमा क्रिएटिनिनकाे मात्रा धेरै हुनसक्छ, जसको स्तर सामान्यतया १ भन्दा कम हुनुपर्छ। मृगौलाको काम शरीरको तरल पदार्थमा रहेको फोहोर सफा गर्ने हो तर, यसमा कुनै समस्या भयो भने सम्पूर्ण शरीरमा असर पर्न सक्छ ।
धेरैजसो स्वास्थ्य विज्ञहरूको विश्वास छ कि यदि कुनै पनि चीज धेरै मात्रामा खाइयो भने त्यो स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ। तसर्थ, तपाईंले डाक्टरसँग परामर्श गरेपछि मात्र सीमित मात्रामा कागतीकाे चिया पिउनुपर्छ। यदि भिटामिन सीको सेवन बढ्यो भने शरीरमा अक्सालेटको मात्रा बढ्छ, जसले मृगौला संक्रमण र मृगौला फेल पनि हुन सक्छ। एजेन्सीबाट