नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेस सहमत-Sutra News

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेस सहमत

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।



आज दिउँसो तीन बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने चेतावनी दिँदै आएकाे थियाे । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन गरेकाे आग्रहपछि कांग्रस तयार भएकाे हाे ।

यद्दपि, नीति कार्यक्रम प्रस्तुतपछिको संसदीय कारबाहीमा भने कांग्रेसले अवराेध गर्ने भएकाे छ । बैठकमा सहभागि एक सांसदका अनुसार संसदीय समिति गठनकाे माग पूरा नभएसम्म अन्य कारबाहीमा सहयाेग नगर्ने निर्णय पनि बैठकले गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट