काठमाडौं । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बु अशोक राईको पक्षमा सनाखत गरेकी छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै उनले नयाँ पार्टी राईको पक्षमा सनाखत गराएकी हुन् ।
लिम्बुले प्रदेश निर्वाचन कार्यालय पुगेर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को पक्षमा सनाखत गरेकी हुन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।
निर्मला समानुपातिक सांसद हुन् । योसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।