प्रदीपलाई अनमोलको प्रश्न– के तपाईं मसँग फिल्म खेल्न चाहनुहुन्छ ?-Sutra News

प्रदीपलाई अनमोलको प्रश्न– के तपाईं मसँग फिल्म खेल्न चाहनुहुन्छ ?

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं । नायकद्वय अनमोल केसी र प्रदीप खड्का नेपालमा स्टारडम भएका कलाकार हुन् । उनीहरूका हरेक गतिविधि समाचार बन्ने गरेका छन् । त्यसमा फिल्म त छुट्ने कुरै भएन । अहिले त झनै उनीहरूका फिल्म एकै मितिमा आउँदै छन् । अनमोलको ‘फर्की फर्की’ र प्रदीपको ‘पुजार साकी’ एउटै मितिमा आउन लागेका हुन् ।



यी दुवै फिल्म आगामी जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आउँदै छन् । दर्शकबाट स्टारको ट्याग पाएका यी दुई नायक एकै दिन हलमा देखिने भएकाले सबैको ध्यान उनीहरु केन्द्रीत भइरहेको छ ।

उसो त अनमोल अभिनित फिल्म ‘फर्की फर्की’ले पहिले नै आफ्नो प्रदर्शन मिति सार्वजनिक गरिसकेको थियो । पछि यही दिनलाई प्रदीप अभिनित ‘पुजार सार्की’ले पनि प्रदर्शन मिति घोषणा गरेको हो ।

अरुकै भूमरीमा परेर फिल्म जुधाइएको कारण अनमोल र प्रदीप आम दर्शक माझ केही हिसाबले टकराव हो कि भन्ने बुझाइ छ ।

नेपाली फिल्म क्षेत्रका कलाकारबीच एकता छैन भनिन्छ । एकअर्कालाई सहयोग गर्ने परिपाटी नबन्दा हरेक कलाकारसँगै फ्यानहरू पनि विभाजित छन् । बेला बखत कलाकारबीच एकता आवश्यक रहेको टिप्पणी हुँदै आएको छ । नेपाली फिल्म इन्डस्ट्रीलाई गर्व गर्न लायकको स्थानमा पुर्या‍उन अहिले दर्शकले रुचाएका कलाकारहरूबीच सहकार्य आवश्यक रहेको औँल्याइन्छ ।

यस कुरामा कहीकैत उनीहरूले बोलेको सुन्दा दुस्मनी नरहेको सुन्न पाइन्छ । यो विषयमा अनमोल र प्रदीप आफूहरूबीच दुस्मनी नरहेको तर्क गर्छन । तर, सामाजिक सञ्जालमा प्रदीपले अनमोलको खेदो खनेको देखिन्छ ।

ताजा उदाहरणको रुपमा रावायणको विवादको समयलाई नै लिन सकिन्छ । फिल्म रामायणको विषयलाई लिएर सुदर्शन थापाले अनमोललाई प्रहरी केस परेका बेला प्रदीपले सर्पोट लिँदै विरोधमा केही शब्द खर्चिएका थिए ।

प्रदीपले आफ्नो बारेमा जे भने पनि अनमोल सधैँ चुप रहन्छन् । प्रदीपलाई अनमोलसँगको तपाईंको सम्बन्ध कस्तो हो ? के तपाई‌ंहरु दुस्मन नै हो ? भनेर प्रश्न गर्दा प्रदीपले आफूहरुबीच वैचारिक विभेद मात्र भएको तर्क राख्छन् । उनी भन्छन्, ‘ व्यक्तिगत दुस्मनी केही छैन ।’

यही प्रश्न अनमोललाई राख्दा उनी आफू कहिले विराेधमा नरहेको बताउँछन् । उनी भन्छन्, ‘हेडलाइन बनाउनका लागि मिडियाले क्रियट गरेको रेस हो, जुन रेसमा मलाई दौडिनु छैन, प्रदीपप्रति मेरो त्यस्तो केही नेगेटिभ् छैन ।’

आकर्षणको केन्द्रमा रहेका यी दुई स्टारबीच तीव्र प्रतिस्पर्धा हुनु स्वभाविक हो । अचम्म चाहिँ उनीहरूबीच अहिलेसम्म दोहोरो चिनजान भएका छैनन् । अनमोल र प्रदीपको प्रत्यक्ष भेटघाट एक पटक भएको बताइन्छ । यता, सञ्चार माध्यममा उनीहरू जानी-नजानी ‘कोल्ड वार’ छ भन्ने रहिरहेको छ । अहिलेकै समयमा भन्नु पर्दा ‘अनमोल भर्सेस प्रदीप’ माहौल बनिरहेको छ ।

अनमोल र प्रदीप दुवै आफ्नो करिअरप्रति संवेदनशिल र सर्तक छन् । उनीहरू लामो रेसको घोडा हुने दाउमा देखिँदै आएका छन् । तर, कुरा भनेको उही, प्रतिस्पर्धा ।

अनमोलले हालै एक टेलिभिजनको अन्तवार्तामा आफू प्रदीपसँग काम गर्न चाहेको बताउँदै त्यसलाई एक्सनमा कसरी लैजाने त्यो सोच्न जरुरी रहेको बताउँछन् । साथै अनमोलले प्रदीप आफूसँग फिल्म खेल्न चाहन्छन् ? भनेर प्रश्न गरेका छन् ।

अनमोललाई प्रदीपसँग काम गर्ने भन्ने हल्ला छ, के साँचै तपाईंहरू दुई जनासँगै काम गर्न लाग्नु भएको हो ? भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘त्यस्तो हैन, कुरा नै भएको छैन, त्यो गलत हो, किनकि उहाँको कुरामा म के भन्छु भने भिडियो र अडियो मिलिरहेको छैन, प्रदीप जीले मसँग सहकार्य गर्न तयार छु चाहिँ भन्नु हुन्छ, तर उहाँको एक्सनबाट त्यस्तो देखिँदैन ।’

अनमोल अघि थप्छन्, ‘म त चाहान्छु हामीबीच सहकार्य होस्, त्यसलाई हामीले एक्सनमा कसरी अगाडि लैजाने कुरा महत्वपूर्ण हुन्छ, तर  उहाँले मेरो बारेमा विभिन्न ठाउँमा गएर बोल्नु भएको छ, मैले त बोलेको छैन, म उहाँको फिल्मसँग जुधाउन गएको हैन, पछिल्लो समय जे देखिएको छ, त्यो हिसाबले त्यो हेर्दा वास्तवमा उहाँ मसँग फिल्म खेल्न चाहनु हुन्छ त ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट