काठमाडौं । सहकारीको अर्बौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्द गर्न भनेको हो ।
यसअघि प्रहरीले इन्टरपोल शाखामार्फत राईलाई नेपाल झिकाउन रेड नोटिस जारी भएको थियो । उनी हाल मलेसिया रहेको र भागेर अन्य मुलुकमा जाने सम्भावना रहेकाले प्रहरीले उनको पासपोर्ट रद्द गर्न आग्रह गरेको हो ।
राईको पासपोर्ट रद्द गरी यसबारे मेसियन राजदूतावास, प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा नक्साल र जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरिएको छ ।