काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्ने भएको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनले महिलालााई आर्थिक रूपमा सक्षम र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्न लागेको घोषणा गरेका हुन् ।