काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यसअघि आज नै मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले केही महत्वपूर्ण योजना घोषणा गरेको छ ।
५६ पेज लामाे नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा रोजगारी बृद्धि गर्नेदेखि स्वास्थ्य, शिक्षा, कृषिसहितका क्षेत्रलाई विकास गर्ने योजना समेटिएका छन् ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ