प्रधानमन्त्रीकै प्रतिबद्धताअनुसार नीति तथा कार्यक्रम आएन- कांग्रेस-Sutra News

प्रधानमन्त्रीकै प्रतिबद्धताअनुसार नीति तथा कार्यक्रम आएन- कांग्रेस

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रम एउटा परम्परा मात्रै भएको टिप्पणी गरेका छन् ।



मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरेर बाहिरिने क्रममा उनले सरकारको नीति तथा कार्यक्रम एउटा परम्परा मात्रै भएकाले महत्वपूर्ण कुरा छुटेको उनको भनाइ थियो ।

‘सरकारको नीति तथा कायर्मक्र परम्परा मात्रै हो, यसले देशको अर्थतन्त्र कसरी सुधान गर्ने भन्ने कुनै ठोस कुरा छैन, केही महत्वपूर्ण कार्यक्रम छुटेको छ,’ उनले भने ।

यस्तै, सचेतक लेखकले आफूहरू कुनै पनि सरकारी काम कारबाही प्रवेश नगर्ने बताए । उनले प्रधानमन्त्रीले आफूहरूको माग पूरा गर्ने बाचा गरेकाले साथ दिएको बताए ।

‘कुनै पनि सरकारी प्रस्तावमा हामी प्रवेश गर्दैनौँ, प्रधानमन्त्रीले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनु म समिति गठन गर्छु भन्नु थियो,’ उनले भने ।

यसैगरी उनले सरकारले सहकारी ठगीबारे सरकारले कुनै विषय प्रस्ताव नगरेको बताए । उनले भने, ‘सहकारीमाफर्त लाखौँ मानिसको करोडौँ रकम ठगी भएको छ, यसबारे सरकारले केही भन्न सकेन, ठगी गर्ने मानिसलाई कारबाही गर्ने र हिनामिना भएको बचत फिर्ता गर्ने ठोस कुरा आएन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट