अदालतबाट आफै गाडी चलाएर निस्किए सन्दीप-Sutra News

अदालतबाट आफै गाडी चलाएर निस्किए सन्दीप

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनबाट आफै गाडी चलाएर निस्किएका छन् । मंगलबार आफूविरुद्ध मुद्दाको बहसमा पुगेका उनी साँझ अदालतबाट फर्किएका हुन् ।



उनको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । न्यायाधीहरूले आजै फैसला दिने गरी सामान्यतया अदालतको समयभन्दा बढी समय बहस गरेका थिए ।

न्यायाधीशले समय लम्ब्याएर फैसला सुनाउने तयारीमा जुटे पनि मुद्दाको ‘हेर्दाहेर्दै’मा राखिएको छ । मंगलबार सन्दीपको मुद्दा पहिलो नम्बरमा राखेर बहस सुरु गरिएको थियो । उनको मुद्दामा भोलि पुनः सोही अवस्थाबाट सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट