पुरुषले यी कुरा गोप्य राख्नुपर्छ, रहस्य खुल्यो भने हाँस्नेछ दुनियाँ-Sutra News

पुरुषले यी कुरा गोप्य राख्नुपर्छ, रहस्य खुल्यो भने हाँस्नेछ दुनियाँ

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

आचार्य चाणक्यलाई एक महान् अर्थशास्त्री, कूटनीतिज्ञ र राजनीतिज्ञ भनिन्छ। आफ्नो जीवनको अनुभव र ज्ञानका आधारमा उनले पालना गरेका कुरालाई आफ्ना नीतिहरू मार्फत आम जनतामाझ बाँडेका छन् ।



चाणक्यले हरेक क्षेत्रमा आफ्नो ज्ञान दिए। चाणक्यको नीतिलाई जीवनमा अपनाएर प्रगतिको सिँढी चढ्न, सुखी जीवन बिताउन र समाजमा इज्जत प्रतिष्ठा पाउन सकिन्छ ।

हामी सबै सामाजिक परिवेशमा बाँचिरहेका छौं। त्यसैले हरेक व्यक्तिले आफ्नो परिवारमा मात्र होइन समाजमा पनि आफ्नो इज्जत कायम राख्नु अति आवश्यक छ। यहाँ पुरूषले गाेप्य राख्नुपर्ने कुराबारे चर्चा गरिएकाे छ ।

पुरुषले गोप्य राख्नुपर्छ यी कुरा–

परिवार वा पत्नीसँग सम्बन्धित विषय

पुरुषले पारिवारिक झगडा वा घरसँग सम्बन्धित कुनै पनि कुरा बाहिरका व्यक्तिलाई भन्नु हुँदैन। यसका साथै, श्रीमतीसँग रिसाएपछि उनको चरित्र, व्यवहार वा बानीको बारेमा कसैलाई नभन्नुहोस्। यी कुराहरू सेयर गर्नुभयो भने त्यो क्षणमा केही नहोला तर पछि परिणाम भोग्नुपर्ने हुनसक्छ भन्ने कुरा ध्यानमा राख्नुहोस्।

अपमान गोप्य राख्नुहोस्

यदि तपाईलाई कुनै कुरामा अपमान गरिएको छ भने, त्यस्ता कुराहरू ठट्टामा पनि कसैसँग साझा नगर्नुहोस्। प्रायजसो मानिसहरूले मजाक गर्दा आफ्ना नजिकका मानिसहरूलाई यस्ता कुराहरू सुनाउँछन्। तर यस्ता कुरालाई जति गोप्य राख्नुहुन्छ, त्यति राम्रो हुन्छ। त्यसैले, यदि तपाईंले कहिल्यै अपमानको तीतो चुस्की पिउनुभएको छ भने, यसलाई आफ्नो छातीमा गाड्नुहोस्।

पैसासँग सम्बन्धित चीजहरू

पैसाले तपाईंलाई अर्थपूर्ण र सक्षम बनाउँछ। आजको समयमा, पैसा हरेक व्यक्तिको शक्ति हो। त्यसैले आफ्नो आर्थिक अवस्था वा पैसा सम्बन्धी समस्या कसैलाई नभन्नुहोस्। यसो गर्नाले समाजमा तपाईको इज्जत घट्छ र जब अरुलाई थाहा हुन्छ तपाईमा पैसाको कमी छ, तब उनीहरु पनि तपाईबाट टाढा रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट