कांग्रेसलाई ओलीको चेतावनी- एमाले र रवि लामिछानेबारे विचार पुर्‍याएर बोल्नु-Sutra News

कांग्रेसलाई ओलीको चेतावनी- एमाले र रवि लामिछानेबारे विचार पुर्‍याएर बोल्नु

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसदलाई विचार पुर्‍याएर बोल्न चेतावनी दिएका छन् ।



पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्‍याउन कांग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन् ।

उनले भने, ‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन बिक्री गर्न दिएको छ, त्यही टि स्टेटको,पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौँ, कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरे । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने बताए ।

उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनु पर्ने पहिलो शर्त रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट