काठमाडौं । टी २० विश्वकप नजिकिँदै गर्दा नेपाल क्रिकेट .टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अर्को सफलता पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी २० अलराउण्डर वरीयतातातर्फ उनी शीर्ष १० मा अटाउँदै सफलता पाएका हुन् ।
आईसीसीले जारी गरेको नयाँ वरीयतातामा दीपेन्द्र टी २० अलराउण्डरतर्फ १० औँ स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् । यो शीर्षकमा श्रीलंकाका वानिन्दु हसरंगा शीर्ष स्थानमा छन् ।
दीपेन्द्रभन्दा अघि इंग्ल्याण्डका मोईन अली ९ औँ र लियाम लिभिङस्टोन ८ औँ स्थानमा छन् । दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् ।
टी २० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औँ र गुलशन झा ६० औँ स्थानमा यथावत छन् । रोहित पौडेल एक स्थान घट्दा करण केसीले एक स्थान सुधार गरेका छन् ।
टी २० को बलिङको वरीयतातामा सोमपाल कामी ९२ औँ स्थानमा यथावत हुँदा ब्याटिङतर्फ टी २० मा दीपेन्द्र ५० औँ स्थानमा यथावत छन् । नेपाल टी२० आई वरीयताता १७ औं स्थानमा छ ।