काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा फैसला आएसँगै नेपाल क्रिकेट संघ (क्यान)को बैठक बसेको छ । सन्दीपमाथि लागेको निलम्बनबारे छलफल गर्न बैठक बसेको हो ।
बलात्कारसम्बन्धी मुद्दामा लामिछानेले सफाइ पाएका हुन् । योसँगै नेपाल राष्ट्रिय क्रिकेट टोलीमा उनलाई समावेश गर्नेबारे निर्णय गर्ने तयारी भएको हो ।
संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी २० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नगराउने विषयमा निर्णय गर्ने बताएको हो ।
जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले निलम्बन गरेकोमा उच्च अदालतको फैसलालगत्तै केही कागजी प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँगको परामर्शमा सन्दीपलाई अमेरिका र वेस्ट इण्डिजमा हुने टी २० विश्वकपमा सहभागी हुने बाटोसमेत खुल्ला भएको छ ।