फैसलापछि सन्दीपले भने- नभएको अपराधमा फसाइएको थियो, अदालतले न्याय दियो-Sutra News

फैसलापछि सन्दीपले भने- नभएको अपराधमा फसाइएको थियो, अदालतले न्याय दियो

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । उच्च अदालत पाटनबाट सफाइ पाएसँगै सन्दीप लामिछानले आफ्नो अभिव्यक्ति दिएका छन् ।



जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । दुई दिनको बहसपछि सन्दीपलाई अदालतले सफाइ दिएको हो ।

सफाइ पाएसँगै उनले भने, ‘साढे एक वर्षभन्दा माथि भइसक्यो, पहिलेदेखि नै म आफूलाई निर्दोष छु भनिराथ्येँ, धेरै नै तरिकाले फसाएर मलाई आज नभएको अपराधमा फसाएको थियो ।’

यस्तै, उनले अदालतको फैसला सम्मान गर्ने बताउँदै आगामी दिनमा देशका लागि आफ्नो क्षेत्रबाट थप योगदान गर्ने बताए ।

‘मैले पहिला पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेको थिएँ, उच्च अदालतको फैसलालाई पनि सम्मान गरेर अगाडि बढ्ने छु,’ उनले थपे, ‘मलाई साथ दिनु भएको छ, त्यसका लागि आभारी छु, आगामी दिनमा नेपाललाई मैले जहाँ पुर्‍याएको थिएँ, त्योभन्दा पनि माथि पुर्‍याउँछु ।’

गौशाला २६ माथि बलात्कार गरेको आरोपमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तथा क्षतिपूर्ति गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट