गृहमन्त्री लामिछानेले प्रस्ताव पेश गर्ने कार्यसूची, अवरोधको तयारीमा कांग्रेस-Sutra News

गृहमन्त्री लामिछानेले प्रस्ताव पेश गर्ने कार्यसूची, अवरोधको तयारीमा कांग्रेस

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज ११ बजेदेखि बस्दैछ । बैठकमा लागि संसद सचिवालयले विभिन्न नौ वटा सम्भावित कार्यसूची तयार गरेको छ ।



सम्भावित कार्यसूचीमा संसद सचिवालयले राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र पढेर सुनाउनेदेखि विभिन्न विधेयकसँग सम्बन्धित प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तयार गरिएको छ ।

तर, लामिछानेलाई संसदमा प्रस्ताव प्रस्तुत गर्न दिने पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस देखिएको छैन । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

कांग्रेस छानबिन समिति गठन नभएसम्म संसदमा अवरोध जारी राख्ने बताइरहेको छ । यस्तोमा बिहीबारको संसद बैठक पनि प्रभावित हुने निश्चित प्रायः छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट