काठमाडौं । मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार दुई सहसचिव सचिवमा बढुवा भएका हुन् ।
बिहीबार दिउँसो बसेको बैठकले मधेस प्रदेशका कामु सचिव लोकनाथ पौड्याल र कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको हो ।